धरानबाट गाँजा सहित एक पक्राउ परे

धरानबाट गाँजा सहित एक पक्राउ परे

सुनसरी, आश्विन ३१ गते ।

सुनसरीको धरान उप-महानगरपालिका-११ स्थित कल्याण चौकबाट मंगलबार प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटा आहाले-९ घर भइ हाल धरान-११ बस्दै आइरहेका बर्ष ४० को शिव बहादुर राईलाई पक्राउ गरेको हो ।

बिहान साढे ४ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका राइलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको झोलामा लुकाई छिपाई राखेको १ किलो गाँजा र नगद ५३ हजार रुपैँया फेला पारी बरामद गरेको हो ।

गाँजा सहित पक्राउ परेका राइलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्