बिराटनगरमा खुल्यो व्यंजन फूडल्याण्ड , इन्डियन साथै चाइनिज खानाको मज्जा लिन सकिने

बिराटनगरमा खुल्यो व्यंजन फूडल्याण्ड , इन्डियन साथै चाइनिज खानाको मज्जा लिन सकिने

बिबेक दाहाल , बिराटनगर असोज ३१ ,

बिराटनगरमा खाना प्रेमीको लागि नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । बिराटनगरको मेन रोडमा व्यंजन फूडल्याण्ड मंगलबारबाट संचालनमा आएको हो । शान्त पारिवारिक वातावरणमा स्वादिलो खानाको पारखीहरुका लागि  उक्त   रेस्टुरेन्टले इन्डियन , कन्टिनेन्टल , चाइनिज लगायतको खाना उपलब्ध हुने संचालक राहुल शर्माले जानकारी दिए ।

साथै , उक्त रेस्टुरेन्टमा वाईवाई सिटि समेत संचालनमा आएको छ । इटहरी , धरान   लगायतमा वाईवाई सिटि कन्सेप्ट सफल भएपछी बिराटनगरमा पनि वाईवाई सिटि संचालनमा ल्याइएको हो । उक्त रेस्टुरेन्टमा   बालबालिकाको लागि खेल्ने ठाउँ, सेमिनार तथा मिटिङ हल , ओपन कटेजहरु पनि रहेको शर्माले जानकारी दिए । साथै युवा पुस्ताको    लागि कफी तथा हुक्काको समेत व्यवस्था गरिएको छ । चाडै मिठाइको परिकार साथै होम डिलेभरीको व्यवस्था पनि गरिने शर्माले बताए ।

यसैबीच , उक्त रेस्टुरेन्टले दशैँ र तिहारमा बिक्रि गरेर कमाएको नाफा निमुवा स्थित सरस्वती सदन स्कुलको स्तरमा सुधार गर्न लगाउने भइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्