जावलाखेल ग्रुपले बिराटनगर सहित पूर्वका २५ ठाउँमा बनायो लिङ्गेपिङ

जावलाखेल ग्रुपले बिराटनगर सहित पूर्वका २५ ठाउँमा बनायो लिङ्गेपिङ

बिराटनगर असोज ३१ ,  दशैँको अवसरमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पूर्वका विभिन्न ठाउँहरुमा लिङ्गेपिङ बनाइदिएको छ । नेपाली समाजमा कुनै बेला दशैंको प्रतिक झै मानिएपनि अहिले हराउँदै गएको लिंगे पिङ पूर्वको विभिन्न २५ वटा सार्वजनिक स्थलमा बनाइदिएको हो ।

ग्रुप अन्तर्गतको राज ब्रुअरीको नमस्ते बियर र बिजय डीस्टिलरीको रुस्लान भोड्काको प्रवद्र्धनसमेत गर्दै लिंगे पिङ बनाइएको हो । संस्कृतिको जगेर्ना गर्दै उत्पादनको प्रचार गर्न कम्पनिले नयाँ माध्यम अपनाएको हो ।

धरानको जिरो पोइन्ट, विजयपुर, अमरहाट, जनपथ, सदनरोड, नारायण चोक, महादेव वस्ती, सांगपांग चोक, भेडेटारको चोक र नाम्जे चोकमा पिङ बनाइदिएको छ ।

यता इटहरीको तरहरा, संगीत चोक, मधेशा र पंचमुखी, उर्लाबारी, पथरी, विराटनगरको तीनपैनी, रंगेली, कन्चंनबारी, मिल्सएरिया, दरिया र पंचामुखी चोक लगायतका ठाउँमा आकर्षक लिंगेपिङ बनाइदिएको हो ।

नेपालीहरुको हराउँदै आएको पिङ संस्कारलाई फेरी पुनर्जीवित गराउन कम्पनीले लाखौँ खर्च गरेर लिंगेपिङ बनाउन थालेको स्थानीय डिस्ट्रिब्युटर ग्रिनतारा ग्रुप अफ कम्पनीका संचालक सम्राट श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्