भोजपुर कार्तिक १ । भोजपुर नगरपालिका १० भैसिपंखामा बालविवाह रोकिएको छ । भैसिपंखामा १४ वर्षीया केटी र २० वर्षीय केटाले विवाह गरेका थिए ।
बालविवाह भएको थाहा पाएपछि स्थानिय बाल सञ्जालको अग्रसरतामा बालविवाह रोकिएको हो । उनीहरूबीच प्रेम सम्बन्ध रहेकोले विवाह गरेको बताइएको छ ।
सगरमाथा बाल सञ्जाल भोजपुर नगरपालिकाका १० भैसिपंखाका अध्यक्ष सविन राईका अनुसार दुवै पक्षले ६ वर्षको समय अवधिसम्म आआफ्नै घरमा बस्नुपर्ने र उनीहरूलाई आवश्यकीय शिक्षा, स्वास्थ्य र खाने, बस्नेलगायतका विविध पक्षमा आआफ्नै परिवारले परिपूर्ति गरिनुपर्ने अध्यक्ष राईले बताए ।