भोजपुरमा चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

भोजपुरमा चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

भोजपुर, रासस । दशैंँतिहारलाई लक्ष्य गर्दै जिल्ला प्रहरी कार्यालयले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रहरीले भोजपुर सदरमुकामको देउराली, तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
दशैँतिहारमा हुने यात्रुको चाप, तिनमाथि हुन सक्ने अभद्र व्यवहार, ठगिने सम्भावना लगायत कुरालाई ध्यानमा राखी यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधीकारी चरित्रविक्रम कार्कीले बताए ।
यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म सेवा दिनका लाति देउरालीमा तीन तथा तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा दुई दुई प्रहरी परिचालन गरिएको प्रहरीको भनाइ छ । आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता विषय यात्रुले सहायता कक्षमा सोध्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्