ईलामको कन्याम चियावारी, थुम्का थुम्का चियाको बगान सबैको आकर्षक

ईलामको कन्याम चियावारी, थुम्का थुम्का चियाको बगान सबैको आकर्षक

विराटनगर ।
चियाबारीको हरियालीसँगै एक अर्कामा खुसी साट्न चाहनेहरुको लागि इलामको कन्याम अब्बल गन्तव्य मानिन्छ । थुम्का–थुम्कामा छाएको हराभरा चिया वगानका बिचमो आनन्द लिन सयौँको संख्यामा चियाबारीमा भेटिने गरेका छन् । मौसममा सुधार आएपछि असोजदेखि नै वर्षातको मौसम अघिसम्म यो क्रम निरन्तर चल्छ । कन्यामको चिसो मौसम एकनासे सिरेटोकाबीच पारिलो घाम लाग्दा बगानमा रमाईलो आर्कषण देख्न सकिन्छ । अझ यहाँ आउने पर्यटकमा प्रैमिल जोडी बढी भेटिन्छन् ।
तराईबाट गर्मी छल्न आउनेहरूको संख्या धेरै हुन्छ । ईलामको सुर्योदय नगरपालिकामा रहेको चियावारीमा आउनेहरु अधिकांश सेल्फी खिच्न रमाउँछन् । वनभोजका लागि पूर्वमै प्रख्यात यो स्थानले विस्तारै लभ जोडीको गन्तव्यको रूपमा समेत नाम कमाउन थालेको छ ।
पूर्वी तराई मात्र नभई राजधानी काठमाडौँ र देशै भरबाट चियाबारीको आनन्दमा रमाउन युवा–युवती आइपुग्छन् । शनिबार कन्यामको रौनकता मानिसहरुकले भरिभराउ हुन्छ । शनिबार विदाको दिन पारेर सयौंको संख्यामा वनभोज टोली गाडी लिएर डाँडैभरी भेलिएका हुन्छन् ।
यहाँको अकर्षण भनेको घोडचढी रहेको छ । घोडामा चढ्नको लागि एक सय २ सय हाी ५ सयसम्म तिर्नु पर्छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यृटकले ईलामको रौनकता थपेको छ ।
ठूलो क्षेत्रफलमा फैलिएकाले सुटुक्क गफ गर्न र मनका कुरा साटासाट गनएको लागि कसैको अवरोध नहुने भएकाले प्रेम जोडीका लागि कन्याम लभपार्क जस्तै बन्दै गएको छ । फिक्कलको चिया बगान नै सबै देखिने डाँडालाई लभडाँडाको नामले समेत चिनिन्छ । यहाँबाट ईलामको चिया बगानको दृश्याबलोकन गर्न सकिन्छ । कन्यामसँगै करफोक, पशुपतिनगर, अन्तुलगायत क्षेत्रले पनि पर्यटकको आकर्षण गर्ने क्रम बढ्दो छ । ईलामको कन्याम पुग्नेमा नेपाल भित्रका अन्तरिक पर्यटक मात्र छैनन् भारतको बंगाल बिहार, सिक्कीम तथा दार्जिलिङ लगायतका स्थानबाट समेत यहाँ पर्यटकहरु आउने गरेका छन् । नव विवाहिता जोडीका लागि पनि सुन्दर थलो बनेको छ कन्याम ।

कसरी पुग्ने

पूर्वको केन्द्र इटहरीबाट बेलबारी, दमक, बिर्तामोड हुँदै चारआलीसम्मको ८१.४ किलोमिटर यात्रा पार गरेपछि ईलामा जिल्ला शुरु हुन्छ । त्यहीँबाट शुरुहुन्छ इलामको यात्रा सहितको रमाइलो डाँडा काँडा र हराभरा दृष्यहरू । झापाको चारआलीबाट करिब ३४ किलोमिटर यात्रा तय गरेपछि इलामको पर्यटकिय नगरी कन्याम पुगिन्छ । भौतिक पूर्वाधार तथा यातायातका साधनहरू गुड्ने फराकिलो सडक निजि सवारी एवम साना र ठुला सवारीहरू सहजै गुग्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्