झापाबाट हिडेको बस चितवनमा दुर्घटना : ३ जनाको मृत्यु , २३ घाइते

झापाबाट हिडेको बस चितवनमा दुर्घटना :  ३ जनाको मृत्यु , २३ घाइते

चितवन कार्तिक २ : शुक्रबार राति चितवनमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। झापाको काँकडभिट्टाबाट पोखरा हिँडेको ना ५ ख ४३८३ नम्बरको बस शुक्रबार राति १ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो।

 

बस मोडिन नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ। बस सडकबाट सिधै खोलामा पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकमध्ये झापा मेची नगरपालिका ८ बस्ने ३५ वर्षीय उदयमान राजवंशीको सनाखत भए पनि अन्य दुई जनाको सनाखत हुन सकेको छैन।

घाइतेमध्ये २२ जनाको चितवनकै पुरानो मेडिकल कलेज र एकजनाको नयाँ मेडिकल कलेजमा उपचार भइराखेको छ।  मृतकको शव भरतपुर अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्