दसैंको बिदा मनाउन हिँडेका एक ट्राफिक प्रहरीको सवारी दुर्घटनामा मृत्यु

दसैंको बिदा मनाउन हिँडेका एक ट्राफिक प्रहरीको सवारी दुर्घटनामा मृत्यु

दमौली कार्तिक २ : दसैंको बिदा मनाउन ड्युटी सकेर हिँडेका एक ट्राफिक प्रहरीका सवारी दुर्घटनामा मृत्यु भएको छ।

 

धादिङमा कार्यरत तनहुँ भानु–४ निवासी ट्राफिक प्रहरी हवल्दार भरतराज बाँस्तोला सवार बा ५३ प ४०७८ नम्बरको मोटरसाइकल आँबुखैरेनीस्थित पृथ्वी राजमार्गमा ना ५ ख ३८१४ नम्बरको बससँग ठोकिँदा दुर्घटनामा परेको थियो।

दुर्घटनामा घाइते बास्तोलाको उपचारका क्रममा बुधबार साँझ भरतपुरको पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्