नेता बाबुराम भट्टराईले ८९ वर्षीय पिताबाट लगाए टिका

<span class='c1'>नेता बाबुराम भट्टराईले ८९</span> <span class='c2'>वर्षीय पिताबाट लगाए टिका</span>

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको तस्बिरसँगै परिवारको तस्बिर पनि सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

उनले तस्बिरसँगै पिताबाट टीका र आर्शीवाद लिएर परिवारजनसँग भेटघाट गर्न पाउँदा खुशी र गर्व अनुभूति भएको उल्लेख गरेसँगै दसैंलाई आफन्तजनसँग भेटघाट गर्ने र सुखदुःख साट्ने पर्वको रुपमा चर्चा गरेका छन् ।

अन्त्यमा उनले सबैमा सुख शान्ति र समृद्धि ल्याओस् भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्