आज विजया दशमीको तेश्रो दिन , टीका तथा जमरा ग्रहण गर्ने क्रम जारी

आज विजया दशमीको तेश्रो दिन , टीका तथा जमरा ग्रहण गर्ने क्रम जारी

आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ ।

देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्