मोरङको धनपालथानमा बस र कार जुध्दा ४ घाइते

मोरङको धनपालथानमा बस र कार जुध्दा ४ घाइते

मोरङ, कार्तिक ०६

मोरङको धनपालथान गाउँपालिका- ६ स्थित कालीनाथ मन्दिरमा आइतबार बस र कार एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

राती १०:२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. २ ख ४७४८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको को. १ च २८३७ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा कारका चालक मोरङ धनपालथान गाउँपालिका-३ बस्ने बर्ष-३२ को बिष्णु मण्डल (गम्भिर), कारमा सवार सोही स्थान बस्ने बर्ष-२४ को रुपेश कुमार मण्डल (मध्यम), बर्ष-३१ को राम राजवंशी (मध्यम) र बर्ष-२७ को पंकज राजवंशी (गम्भिर) घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारको लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको छ भने बस र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्