लैंगिक हिंसा अन्त्यको लागि बिरेन्द्र माबि ग्रामथानका अभिभावकलाई तालिम

लैंगिक हिंसा अन्त्यको लागि बिरेन्द्र माबि ग्रामथानका अभिभावकलाई तालिम

विराटनगर, ६ कात्तिक
मोरङको ग्रामथान गाउँपालिका १ मा रहेको बिरेन्द्र माध्यामि बिद्यालयमा हुने लैंगिक हिंसा अन्त्यको लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ । तालिममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाई सहभागि गराईएको छ । बालबालिकामाथि हुने हिंसा, दुब्र्यवहार तथा बिद्यालयका शिक्षकहरुबाट गरिने ब्यवहारको बारेमा तालिममा जानकारी दिईएको बिद्यालयका शिक्षक सत्यनारायण माझीले जानकारी दिए ।
बहुउदेश्यीय ब्यवस्थापन सेवा नेपाल (एमडिएमएस)को सहयोगमा बिद्यालय भित्र हुने लैँगिक हिंसा अन्त्यको लागि मोरङ जिल्लाका बिभिन्न गाउँपालिकाका ५ वटा बिद्यालयमा कार्यक्रम संचालित छ । सोही कार्यक्रम अन्तरगत बिरेन्द्र माबिमा तालिमको आयोजना गरिएको हो । एक दिने तालिमको सहजीकरण सत्यनाराण माझी र एमडिएमएसका सुतलाल माझीले गरेका थिए । तालिममा २५ जना अभिभावकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्