झापामा फर्निचर उद्याेगमा आगलागी, १० लाखको क्षति

<span class='c1'>झापामा फर्निचर उद्याेगमा आगलागी,</span> <span class='c2'>१० लाखको क्षति</span>

झापा,६ कात्तिक। झापाको मेचीनगर नगरपालिका-९ मुक्ति टोलमा पाथिभरा फर्निचर उद्योगमा मंगलबार राती आगलागी भएको छ । राती करिब साढे १ बजे  बिजुलीको तार सर्ट भइ आगलागी हुँदा १ थान जेनेरेटर, फर्निचरको औजार, पेन्टिङ गर्ने कलर, प्लाईउड, तयारी अवस्थाको दराज, पलङ, सिलिङ काठ, फर्निचर भएको घर जलेर नष्ट हुँदा अन्दाजी  १० लाख मूल्य बराबरको क्षति भएको हाे । घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगो राती नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्