सशस्त्र प्रहरीका सहायक हवल्दार घुस रकम सहित पक्राउ

सशस्त्र प्रहरीका सहायक हवल्दार घुस रकम सहित पक्राउ

जनकपुर, ६ कात्तिक ।  सशस्त्र बल नेपालका सहायक हवल्दार घुस रकमसहित पक्राउ परेका छन् । घनुषाको मुझेलियास्थित हेडक्वारट नं. ८ गणमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी (अथित) ११ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।  भारतीय सीमावर्ती बजारबाट सामान ल्याउने नेपाली सेवाग्राहीसँग लिएको ११ हजार रुपैयाँ घुससहित गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्