मेलाको विषयलाई लिएर धरानमा झडप, तीन सेल अश्रुग्यास प्रहार

मेलाको विषयलाई लिएर धरानमा झडप, तीन सेल अश्रुग्यास प्रहार

धरान, ६ कात्तिक । मेलाको विषय लिएर धरानमा झडप भएको छ । मेला लगाउन हुदैन भन्ने पक्षका युवाहरुले मेलाको गेट तोडफोड गर्न थालेपछि प्रहरी संग झडप भएको हो । चतरा लाईन तर्फको मेलाको गेट तोडफोड हुन थाले पछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । मेला पक्षका युवाहरुले हतियार प्रहार गर्दा समक्ष श्रेष्ठ र बालजित तामाङ घाईते भएका छन् । उनिहरुको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा शुरु भएकाे रमाइलाे मेलाकाे विरोधमा युवाहरुले मेलाको विरोध गरेका थिए ।  ५०/६० जना युवाहरुको समुहले मेलाको माथिल्लो उत्तरपटिको गेट भत्काउनुको साथै ढुङगामुडा समेत गरे । गेटबाट मेलास्थल प्रवेश गर्न लाग्दा प्रहरीले छेकेको थियाे । भिड नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरी भिडलाई तितर बितर पारेकाे थियाे ।
घटना  नियन्त्रणका लागि इलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमनकुमार तिम्सिना सहितकाे टाेली घटना स्थल पुगेकाे थियाे ।  छाताचोकबाट धरान उपमहानगर जाने बाटोमा प्रहरीले स्थानीयलाई रोक लगाएको छ । संघीय समाजवादी फोरम, जनमुक्ती पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान मञ्च, धरान एकता समाज, किरात खम्बुवान साझा पार्टी, वाइसिएललगयात दल एवं संघ संगठनहरुले मेलाको विरोध गदै आएका थिए । तर धरान उपमहानगरको अनुमतिमा छिमेकी युवा समुहले गत कार्तिक ४ गतेदेखि मेला शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्