इलामकाेे देउमाईमा जीप दुर्घटना, एक जनाको मृत्यु

<span class='c1'>इलामकाेे देउमाईमा जीप दुर्घटना,</span> <span class='c2'>एक जनाको मृत्यु</span>

पाँचथर, ७ कात्तिक ।  मेची राजमार्गको इलामकाेे देउमाई नगरपालिका–१, देउमीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा राँके बजार पाँचथरका अन्दाजी ३५ बर्षिय चन्द्रबहादुर बाग्दासको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडदेखि पाँचथरको फिदिमतर्फ आउँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सि सडकबाट एक सय मिटर तल खसेको हो । मृतक बाग्दास ट्याक्सिको पछाडपट्टि झुन्डिएका थिए । मृतकका श्रीमति मनकुमारी नेपालीले चालकले पछाड झुन्डिन लगाएकाले दुर्घटनामा श्रीमानको मृत्यु भएको बताएकी छिन् । जीपमा दश जना यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि इलाम लगिएको बताइएको छ । चालक इलाम घर भएका बिपिन भुजेलले मोबाइलमा कुरा गर्दै सवारी चलाएको दुर्घटनामा घाइतेहरुले बताएका छन् ।  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्