जीप दुर्घटना हुँदा चालकको ज्यान गयाे

<span class='c1'>जीप दुर्घटना हुँदा</span> <span class='c2'>चालकको ज्यान गयाे</span>

अर्घाखाँची, ७ कात्तिक । मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको  छ ।मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको हो । जीप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३, गल्धा बस्ने शेरबहादुर थापा इन्द्रको उपचारका लागि बुटवल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कदेखि गुल्मीको भनभने जान हिँडेको जीप दुर्घटनामा परेको हो । गाडीमा १५ जना सवार थिए । चालक बाहेक अन्य कोही पनि दुर्घटनामा घाइते नभएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्