चिर्पट प्रहारले गम्भीर घाइते भएका सुुरेश राईको मृत्यु

<span class='c1'>चिर्पट प्रहारले गम्भीर घाइते भएका</span> <span class='c2'>सुुरेश  राईको मृत्यु</span>

भोजपुर, ७ कात्तिक । षडानन्द नगरपालिका–५ आँपटारमा चिर्पट प्रहारबाट गम्भीर घाइते सुुरेश राईको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। २६ वर्षीय राईलाई म‌गलबार सोही स्थान बस्ने २७ वर्षीय पञ्चबहादुर भनिने मानबहादुर मगरले चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते राईलाई उपचारका लागि संखुवासभाको तुम्लिङटार लगिएको थियो। तुमलिङटारमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदै थियो। धरान लैजाने क्रममा बुधबार बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल संखुवासभामा पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए।चिर्पट प्रहार गर्ने मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दिङ्लामा ल्याएको प्रहरी निरीक्षक कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्