मोटरसाइकल र स्कुटर ठोक्किदा ५ घाइते

मोटरसाइकल र स्कुटर ठोक्किदा ५ घाइते

झापा, ७ कार्तिक ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकामा  मोटरसाईकल र स्कुटर एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ६ प २६०५ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को३२प ५७५७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।दुर्घटनामा स्कुटर चालक धरान उप-महानगरपालिका-४ बस्ने बर्ष ३६ को बासु राई, पछाडी सवार निजको श्रीमती बर्ष ३५ की कमला राई, छोरा बर्ष १० को बिकल राई, बर्ष ३ को बिभान राई त्यसैगरी मोटरसाईकल चालक बर्ष ५३ को देउमान आङदाम्बे घाइते भएका छन् । घाइते चारै जनालाई उपचारको लागि दमक स्थित लाईफ लाईन अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्