पुर्बी नेपालसँग जोडिएको भारतको कुचविहार,जहाँ किसानले माछाको डाँक बढाबढमा मुल्य पाउँछन्

पुर्बी नेपालसँग जोडिएको भारतको कुचविहार,जहाँ किसानले माछाको डाँक बढाबढमा मुल्य पाउँछन्

विराटनगर, ७ कात्तिक ।
नेपालको मेची नदीबाट करिब ४ घण्टा २ सय किलोमिटरको दुरीमा रहेको भारतको पस्चिम बंगाल राज्यको एक जिल्ला हो कुचबिहार । यहा अधिकांशको आय आर्जन न्युन रहेको छ । कतिपय त्यहाँबाट नेपालका ईटाभट्टामा काम गर्नको लागि परिवार सहित आउने गरेका छन् भने कतिपय यही कुच बिहारमा कृषि पेशालाई अँगालेर बसेका छन् । कोही माछा ब्यापार गर्छन् केही आफुले उब्जाउ गरेको तरकारी तथा फलफुल ल्याएर बेच्ने ठाउँ भनेको अक्सन मार्केट हो । यहाँ बढी तरकारी तथा फलफुल भन्दा पनि माछाको कारोबार हुन्छ ।
अक्सन मार्केट (डाँक बढाबढ) गरेर हरेक दिन माछाको कारोवार हुने बजार हो । हरेक दिन बिहानै किसानहरु भेला हुने र आफुले उत्पादन गरेको माछा लिएर आउने र यहाँ ल्याएर बेच्ने गर्दछन् । त्यसरी ल्याएका माछा बिभिन्न साईजमा फरक फरक गरी आउँछन् । यहाँ ल्याईएको माछा बजार समितिको निर्णयको आधारमा बढाबढ हुने र जसले बढी मुल्य माछामा लगाउँँछ उसैले त्यो माछा लग्ने परम्पराको रुपमा किसानलाई फाईदा पुग्ने गरी मुल्य निर्धारण गरेर अक्सन मार्केटमा कारोवार हुँदै आएको छ । बढाबढको माध्यामबाट जुन ब्यक्तिले माछा खरिद गर्छ त्यसैको आधारमा २÷३ पटक उसले बोलेपछि फाईनल हुने र उसैले सबै माछा उठाएर लैजाने गरिएको स्थानीय माछा किसान कृष्ण मातुरले बताए ।
भारतको कुचबिहान जिल्लाको सात माईल भन्ने स्थानमा हुने यो घटना क्रमले सबैलाई अचम्मित बनाउँ छ । यसरी बढाबढ भएर बिक्री भएको रकम मध्यबाट एक सय रुपैयाँमा २० रुपैयाँ बजारमा दिनु पर्ने र बाँकी ८० रुपैयाँ किसानले नै पाउने उनको भनाई छ ।
यो बजारमा बेच्नको लागि ल्याईएको माछाको बोल कबोल गर्नको लागि कसैलाई रोक लगाईँदैन । जो आउँछ , जसलाई आबस्यक छ उसैले बोल्न पाउने ब्यवस्थाले किसानले केही भएपनि यो बजारबाट राहत पाउने गरेको किसानलाई प्रबिधिमा सहयोग गर्दै आएको सतिस क्लबका सचिव अमल रोयले जानकारी दिए । यसरी माछा बिक्री गर्नको लागि यो बजारमा १० किलोमिटर टाढाबाट समेत आउने गरेको उनले सुनाए ।
यसरी बिक्रीमा ल्याईएको माछा करिब २ घण्टाको बिचमा सकिने गर्छ अनी किसानले पनि भनेको जस्तो मुल्य पाउने गरेको उनको भनाई छ । बढाबढबाट किनिएको माछा नै खुद्रा रुपमा जाने गरेको छ । यो होलसेल बजारमा किसानहरुले ल्याएको माछा मध्य एकै दिनमा झण्डै ४ हजार किलो माछाको डाँक बढाबढ हुने गर्छ ।
कसच बिहार सातमाईलका किसानले कृषिमा गरेको प्रगतीको बारेमा जानकारी लिन गएको नेपाली कृषि टोलीका बिज्ञ राजेन्द्र उप्रेतीले यसरी डाँक बढाबढको आधारमा हुने कारोवारले बिचौलियालाई भन्दा किसानलाई फाईदा पुग्ने गरेको पाईएको बताए । किसानले घटेर भन्दा पनि बढाबढको आधारमा बढेर रकम पाउने भएकोले किसानहरु माछा पालनमा आकर्षित भएको पाईएको उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्