छिमेकीसँग विवाद हुँदा उदयपुरमा वृद्धालाई मानव मलमुत्र खुवाइयो

<span class='c1'>छिमेकीसँग विवाद हुँदा  उदयपुरमा</span> <span class='c2'>वृद्धालाई मानव मलमुत्र खुवाइयो</span>

उदयपुर, ७ कात्तिक । छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको जाहेरी जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।
मंगलबार राति वृद्धाकी छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देवबहादुर राईले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको र जीउ नै भरि दलेको व्यहोराको उजुरी आएको प्रहरी निरीक्षक कुर्मीले बताए । कुटाईवाट वृद्धाको दायाँ आँखामा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । जीउभरि दिशा दलिएको अवस्थामा जिल्ला प्रहरी पुगेकी वृद्धाको घाउ जाँच र केश फारमको लागि जिल्ला अस्पताल पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
छिमेकीले दिनहुँ जसो आफ्नो बारीमा छाडा गाईबस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमुत्र खुवाएको वृद्धाले प्रहरी समक्ष बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्