चलचित्र ʻजय भोलेʼको लगानी सुरक्षित,३ करोड २ लाख ७२ हजार ग्रस कलेक्सन

<span class='c1'>चलचित्र ʻजय भोलेʼको लगानी सुरक्षित,३ करोड</span> <span class='c2'>२ लाख ७२ हजार ग्रस कलेक्सन</span>

काठमाडौं, ७ कात्तिक  । चलचित्र ʻजय भोलेʼले आफ्नो लगानी सुरक्षित गरेको छ । दशैंको अवसर पारेर असोज ३० गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा लगानी सुरक्षित गर्न सफल भएको निर्देशक अशोक शर्माले जानकारी दिए । १ करोड ३५ लाख रुपैयाँ लगानीमा बनेको चलचित्रले एक सातामा देशभरबाट ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँ ग्रस कलेक्सन गरेको निर्देशक शर्माले बताए । मित्रताको कथा वाचन गर्ने चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । मंगलवारबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्र १ सय १५ पर्दामा प्रदर्शनरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्