गुल्मी, ८ कात्तिक । गुल्मीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ जाँदै गरेको लु १ च ७३७० नम्बरको जीप इस्मा गाउँपालिका–२ को पालुखामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक प्रेम जिसीसहित २ जनालाई थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज पाल्पामा पठाइएको छ । अन्य घाइतेहरुको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।