विराटनगरमा साना सवारी समस्या बन्दै, ट्राफिक ब्यवस्थापन तहस नहस

विराटनगरमा साना सवारी समस्या बन्दै, ट्राफिक ब्यवस्थापन तहस नहस

विराटनगर, ८ कात्तिक ।
झण्डै एक बर्षको मधेश बन्द अनी ६ महिनासम्मको नाकाबन्दीको समयमा बिराटनगरमा सिटी सफारी भर्खरै भित्रिएको थियो । सिटी सफारी भित्रिएको बेला सर्बसाधारणको आवत जावतको लागि निक्कै राहत दिएको थियो । २०७१ सालमा छिटफुट रुपमा भित्रिएको सिटी सफारीले त्यो बेला निक्कै सर्बसाधारणलाई ठुलो राहत मिल्यो । नेपाल बन्दको समयमा अस्तब्यस्त हुँदा सजिलो साधनको रुपमा सिटी सफारीले ठुलै गुन नलगाएका हैनन् । तर समय फेरीएको छ ।
झण्डै ५ बर्षको फरकमा अहिले बिराटनगर महानगरपालिकामा मात्र झण्डै ४ हजार सिटी सफारी तथा अटो टोम्पो भित्रिएको अनुमान गरिन्छ । तर यति छोटो समयमा यतिका धेरै सिटी सफारी तथा टेम्पो आउनुको कारण भनेको स्थानीय सरकार बिराटनगर महानगरपालिकाको नितीगत रुपमा वेवास्ता नै रहेको छ । विराटनगर महानगरपालिकाकाले समयमा ब्यवस्थापनको लागि कडाई नगर्दा बिराटनगर अस्तब्यस्त सहरको रुपमा स्थापित हुने खतरा बढेको छ ।
काठमाडौँबाट दोश्रो पटक बिराटनगर आएका कृष्ण रायमाझीले काठमाडौँ भिडभाडको सहर ब्यवस्थीत भएपनि बिराटनगरलाई ब्यवस्थीत गर्न पहल नै नभएको जस्तो लागेको सुनाए । बिराटनगरका हरेक ठाउँमा साना सवारी समस्याको रुपमा देखिएको उनले बताए ।
विराटनगरलाई ब्यवस्थित गर्नको लागि अहिलेसम्म कसैबाट पनि पहल भएको छैन । सिटी सफारी आएको शुरुका दिनमा नै यसलाई ब्यवस्थित गर्ने बारेमा त्यो बेलाको बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले सिटी सफारीलाई ५ सय बढी स्वीकृत लिएपछि सिफारिस नदिने बताएका थिए ।
सिटी सफारी ब्यवस्थापनको लागि भन्दै केही महिना विराटनगर उपमहानगरपालिका हुँदै सिटी सफारीको सिफारिस बन्द गरिएको थियो । जव सिटी सफारीको सिफारिस बन्द भयो अनी भित्री खेलो शुरु भएको श्रोत बताउँछ । सिटी सफारीका डिलर देखि बिक्रेतासम्मले सेटिङ मिलाएर सिफारिस बनाउने गरेका थिए । त्यो बेला हरेक सिटी सफारी खरिदको बेला ५ हजार देखि २५ हजारसम्म रकम खरिद गर्ने क्रममै खरिद कर्ताले तिर्नु पर्ने बाध्यात्मक अबस्था सिर्जना गरिएको थियो ।
मेयर सकारात्मक छैनन्
बन्द भएको सिटी सफारीको सिफारिस खोलिनु तथा पछिल्लो २ बर्षको बिचमा आएका अटो टेम्पो नै अहिले बिराटनगरको बजारमा देखिएको ट्राफिक ब्यवस्थापनको समस्याको रुपमा रहेको ट्राफिक सचेतना मञ्चका अध्यक्ष रेवत बहादुर कार्की बताउँछन् । विराटनगरलाई ब्यवस्थित बनाउनको लागि कार्यकारी अधिकृत प्रदिप निरौला भएको समयमा सबै सरोकारवाला सहित ट्राफिक सचेतना मञ्चले एक हजार भन्दा बढी सिटी सफारीलाई चलाउन दिन नहुने, त्यो दिईएकोलाई पनि अनिवार्य रुट लेखिनु पर्ने, राजमार्गमा चलाउनै नपाउने भनेर प्रतिबेदन बुझाईएको भएपनि त्यो केहीदिन कार्यान्वयन भएर कार्यान्वयन नभएको अध्यक्ष कार्कीले बताए ।
‘सबै सरोकारवालाले दिएको प्रतिबेदन खै किन कार्यान्वयनमा लगेनन् हामीलाई थाहा भएन, कार्कीले भने, त्यो पछि जनप्रतिनिधि आएर बनेको भोटबैंक सुरक्षित गर्न लागेको जस्तो देखिन्छ, सुरक्षित बिराटनगर भनेर समिति बनाईएको थियो त्यो समितिले पनि पार्किङ र रुटको बिषयमा कुरा लिएर मेयरकोमा जाँदा मेयर साब नै सकारात्मक देखिएनन् ।’
बिराटननगर महानगरपालिकाका मेयर भिम पराजुली निर्वाचित भएर आएपछि एक सय दिनको अभियानको बेला तिन महिने विराटनगरको स्वस्थ्य, सुरक्षित र ब्यवस्थित बिराटनगरको अभियान ल्याईएको भएपनि त्यो अभियान पनि केही दिनमा नै हरायो । पहिला बजार ब्यवस्थापनको काम माथिल्लो निकायबाट हुने जवाफ दिने स्थानीय तहहरु अहिले आफै कानुन निर्माण गर्न पाउने आफैँ सरकार हो । तर तिनै सरकार अन्यौलमा देखिएका छन् ।
१ नम्बर प्रदेशको स्थायी राजधानी प्रदेश सरकारले तोक्ने तयारी भई रहँदा यतिबेला मापदण्डको खोजी समेत शुरु भएको छ । तर अहिलेकै अबस्थालाई हेर्ने हो भने विराटनगरमा आधाघण्टासम्म मन्त्रीका गाडीहरु जाममा पर्ने गरेका छन् । विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख तथा ट्राफिक ब्यवस्थापन समितिका सदस्य पुनम दाहालले अहिलेकै अबस्थामा रुट कार्यान्वयन गर्न नसक्ने अबस्था आएकोले बजार अस्तब्यस्त भएको बताए । दिईएको रुटमा अहिले विकासको कामहरु भईरहेकोले एक्सनको रुपमा जान नसकिएकोले आगामी एक बर्ष पछि मात्र ट्राफिक ब्यवस्थापन कार्यान्वयनमा लगिने बताए ।
ट्राफिक ब्यवस्थापन तहस नहस
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवराम पोखरेलका अनुसार, महानगरपालिकाले सिटी रिक्सालाई हटाएर सिटी बसको ब्यवस्था गरेन भने ब्यवस्थापन निक्कै चुनौती पुर्ण हुनेछ । विराटनगर महानगरपालिकासँग अहिलेको अबस्थामा सिटी सफारी ब्यवस्थित गर्ने संयन्त्र नै नदेखिएको उनको भनाई छ । एउटा सिटी रिक्सा किन्यो, महानगरपालिकामा ल्याएर दर्ता अर्यो अनी महानगरपालिकाले ५ हजार लिएपछि उसले जता पनि चलाउन पाउने ब्यवस्थालाई दर्ता गर्ने प्रक्रिया देखि नै रोकिनु पर्ने र त्यसको ठाउँमा महानगरले नगरबसको अबधारणा संचालनमा ल्याउन पहल थाल्नु पर्ने पोखरेलको भनाई छ ।
अहिले सिटी ब्यवस्थापनको लागि पुर्बाधार छैन, रुट छैन, सबै तहस नहसको अबस्थाले गर्दा सबै मुख्य सडकमा आउने बजारमा छिर्ने अनी सबै अस्तब्यस्त बनाउने क्रम बढेको उनले सुनाए ।
विराटनगर महानगरपालिकाले पार्किङको लागि उपलब्ध गराएको ए ब्लक र बि ब्लकमा पनि अहिले फेरी ब्यापारीसँगको मिलोमतोमा पार्किङ हटाएको छ । पार्किङको ब्यवस्थापन ए ब्लक र बि ब्लकमा गर्न थालिएको थियो, बल्ल सर्बसाधारणले बुझेर त्यहाँपार्किङ शुरु गरिएकोमा महानगरले फेरी त्यो ठाउँ ब्यापारीलाई दिएपछि समस्या थप शुरु भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक पोखरेलले बताए ।
विराटनगरको ट्राफिक ब्यवस्थापनको लागि पहिलो चरणमा विराटनगरमा मात्र दर्ता भएका सफारीलाइ मात्र चलाउन दिने, दोश्रो चरणमा महानगरले सिटी सफारीलाई बिस्थापित गर्ने योजना अघि सारेर नगरबस संचालनमा ल्याउन सकिएन भने बिराटनगरमा कोही छिर्नै नसक्ने अबस्था आउने निश्चित छ । विराटनगर महानगरमा दर्ता भएका करिब दुई हजार ३ सय सिटी संचालनमा आएको भएपनि त्यो त्यही संख्याको हाराहारीमा बाहिरबाट सिटी सफारी भित्रिएको अनुमान गरिन्छ । त्यस्तै अटो टेम्पो त्यही अनुपातमा भएको बताईन्छ तर तथ्यांक जिल्ला ट्राफिक तथा महानगरपालिकासँग भने छैन ।

(प्रस्तुती :सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्