हजुरबा बेहुला, हजुरआमा बेहुली, अनि छोरा नाति जन्ती

हजुरबा बेहुला, हजुरआमा बेहुली, अनि छोरा नाति जन्ती

रामेछाप, ८ कात्तिक । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् ।
कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्परा । मगर समुदायमा भागी विवाह गर्ने चलन छ । करिब ९० प्रतिशतले भगाएकै हुन्छन् । त्यसैलाई औपचारिकता दिन उनीहरू समय मिलाएर समाजलाई साक्षी राखी धुमधामसँग बिहे गर्छन् । भागेर आएका जोडीले जति बूढो भए पनि औपचारिक विवाह नगरी सामाजिक मान्यता पाउँदैनन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्