दमकमा कर सङ्कलन ठेक्कामा निजी क्षेत्रलाई, नागरिकमा थप आर्थिक भार

दमकमा कर सङ्कलन ठेक्कामा निजी क्षेत्रलाई, नागरिकमा थप आर्थिक भार

झापा, ८ कात्तिक । झापाको दमक नगरपालिकाले लगाउने विभिन्न शीर्षकको कर ठेक्का प्रणालीबाट लगाउँदा नागरिकलाई नचाहिँदो आर्थिक भार पर्ने देखिएको छ । नगरपालिकाका कर अधिकृत टीका दाहालका अनुसार पार्किङदेखि नदीजन्य सामग्रीको कर सङ्कलनका लागि ठेक्का लगाइएकाे छ । जसअन्तर्गत पार्किङ कर सङ्कलनका लागि निर्माण सेवा दमकलाई २९ लाख २५ हजार १ सय ११ रुपैयाँमा ठेक्का दिइएको हाे ।त्यसैगरी सार्वजनिक शौचालयकाका लागि भोले डुमलाई १ लाख ९० हजार, नदीजन्य सामग्री उत्खनन् तथा निकासीका लागि दमक ३ मा रहेको शिवालिक निर्माण सेवालाई ९ करोड २९ लाख ९९ हजारमा ठेक्का दिइएको छ । यस्तै पशुहाट कर सङ्कलनका लागि रेनता निर्माण सेवालाई १ करोड २१ लाख २ सय १२ रुपैयाँमा ठेक्का दिइएको छ । पूर्वाधार सेवा शूल्कका लागि ओलने निर्माण सेवालाई ४५ लाख ५६ हजार ५ सय ५५ मा ठेक्का लगाइएको छ भने विज्ञापन कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले जनाएको छ ।

यस्ता ठेक्का प्रणालीका कारण नागरिकमा नचाहिँदो कर थोपरिने अर्थविद्हरूको तर्क छ । उसै त नेपालमा ३० प्रतिशत कर लगाइएको छ । नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गणेश तिम्सिना यसरी ठेक्का लगाएर कर सङ्कलन गर्न दिँदा बढी कर सङ्लकन हुने भएकाले निजी क्षेत्रलाई ठेक्का दिइएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्