चुम्बन गरेको भिडियो देखाएर एक करोडको बार्गेनिङ ?

चुम्बन गरेको भिडियो देखाएर एक करोडको बार्गेनिङ ?

काठमाडौं । ‘हनी ट्रयाप’ शैलीमा ब्ल्याकमेल गरेर एक करोड रुपैयाँको बार्गेनिङ गर्ने एक युवतीसहित दुईजनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउपालिका–४ कि २५ वर्षीय युवती इन्द्रिरा उप्रेती रहेकी छन् ।

इन्दिरा काठमाडौंको सामाखुसीमा बस्दै आएका थिइन् । महानगरीय अपराध महाशाखाका एसएसपी घिरजप्रताप सिंहका अनुसार इन्दिराले सुरुमा ललितपुरको कुपण्डोलका एक व्यवसायीलाई निशा अधिकारीको नामबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएकी थिइन् ।

सिहंले भने, ‘‘फेसबुकमार्फत् नै ती व्यवसायीको नम्बर मागेर इन्दिरा उनको कार्यालयमा भेट्न गइन् । भेटमा उनले आफ्नो नाम इन्दु भएको र घर झापा भएको बताएर व्यवसायीको नजिक भइन् । नजिक हुँदै गर्दा उनले ती व्यापारीलाई अंगालो हाल्दै चुम्बन गरिन् र त्यसको गोप्य रुपमा भिडियो बनाइन् ।’’

भिडियो बनाइसकेपछि अचानक ती व्यापारीलाई इमोमा गणेश लामाको नामबाट फोन आयो । फोनमा आफूसँग इन्दिरासँग चुम्बन गरेको भिडियो रहेको १ करोड रकम नदिए सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक गर्ने धम्की दिइएको थियो । ती युवती असार १ गते ती व्यवसायीलाई भेट्न उनको कार्यालयमा पुगेकी थिइन् । व्यापारीले महाशाखामा उजुरी दिएपछि उनीहरु दुवैजनालाई प्रहरीले सोमबार गौशालाबाट पक्राउ गरेको हो । ‘‘उनीहरु एकै ग्याङका रहेछन्, खतरनाक ‘हनी ट्रयाप’ शैलीमा ब्ल्याकमेल गर्दै रकम असुल्ने गरेको खुलेको छ,” एसएसपी सिंहले भने । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्