दशैँकाे अवधिभर सुनसरीमा ९० अापराधिक घटना, करणीका घटनामा वृद्धि

<span class='c1'>दशैँकाे अवधिभर सुनसरीमा ९० अापराधिक</span> <span class='c2'>घटना, करणीका घटनामा वृद्धि</span>

सुनसरी । सुनसरीमा यसपटकको दशैं अघिल्ला वर्षहरुको दाँजोमा सुरक्षात्मक हिसाबले शान्तिपूर्ण बनेको छ । अघिल्ला वर्षको अनुपातमा २०७५ को दशैं सुनसरीका लागि तुलनात्मक हिसाबले शान्त र मर्यादित देखिएको सुनसरी प्रहरीको दाबी छ ।

समग्र रुपमा घटना र दुर्घटनासहित शान्ति-सुरक्षाको अवस्थामा सुधार देखिए पनि दशैंको अवधिर जिल्लामा विभिन्न ९० वटा अावराधिक घटना भएका छन् । यसपटककाे दशैँमा जबरजस्ती करणीका घटनामा भने विगतको दशैं अवधिताकाको भन्दा वृद्धि भएको छ । सुनसरीमा दशैंको अवधिमा ९ वटा जबरजस्ती करणीका घटना भएका छन् ।

नौरथाको सुरुदेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा सो संख्यामा जबरजस्ती करणीका मुद्दा सुनसरी प्रहरीमा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उपलब्ध गराएको विवरणका आधारमा जिल्लाका विभिन्न स्थानमा ९ वटा भिन्नाभिन्नै प्रकृतिका करणीका घटना दर्ता भएको छ । घटना दर्तामध्ये एउटा मुद्दा भने जबरजस्ती करणी उद्योगमा कारबाहीको प्रकृयामा अघि बढेको छ ।

 

अघिल्लो तीन आर्थिक वर्षको तुलनामा चालु आवको दशैं अवधिमा दर्ता भएको करणीसम्बन्धी घटनाको संख्या भने तुलनात्मक रुपले बढी हो । आर्थिक वर्ष २०७२/०७३ को दर्शैदेखि छठसम्मको अवधीमा २ जबरजस्ती करणीका घटना दर्ता हुँदा ०७३/०७४कोे सोही अवधीमा १३ वटा घटना दर्ता भएको थियो भने २०७४/०७५ मा १० वटा दर्ता भएकोमा यसपटक भने दशैंको अवधीमै ९ वटा घटना सुनसरी प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीसमक्ष दर्ता भएका घटना संख्या ९ वटा भए पनि अधिकारकर्मीहरु भने सो संख्या बढी रहेको बताउँछन् । जबरजस्ती करणी र करणी प्रयास भएका अझै पनि कतिपय घटना समाजमै गुपचुप राखिने र करकापमा स्थानीय तहमै मिलापत्र गराउने गरेकाले संख्यात्मक विवरणमा फरक पर्ने अधिकारकर्मीहरुको भनाइ छ । यद्यपि सुनसरी प्रहरी भने कानुनी प्रकृयामा दर्ता हुन आएका बाहेकको सवालमा आफूहरुले आधिकारिक प्रतिकृया दिन नमिल्ने बताउँछ ।

सुनसरीमा लागु औषधका १७ वटा घटना दर्ता भई कानुनी प्रकृयामा रहेका छन् । सार्वजनिक अपराधसम्वन्धी १४ घटना हुँदा चोरीका ११ वटा घटना दर्ता भएको सुनसरी प्रहरीका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार विगतको तुलनामा यस पटकको दशैंमा जिल्लाभर विभिन्न प्रकृतिका घटनामा कमी आएको छ । सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार चाड लक्षित सुरक्षा योजना लागु भएकाले विगतको तुलनामा यस पटकको दशैं शान्तिपूर्ण र मर्यादित देखिएको छ । प्रहरी परिचालनसँगै २४ घण्टे नियमित साइकिल, पैदल, मोबाइल लगायत स्वयं प्रहरी अधिकृत सम्मिलित गस्ती प्रभावकारी देखिएको एसपी अधिकारीको ठम्याई छ ।

मापसे चेकजाँच, सचेतना कक्षा, हेल्प डेस्कसँगै राडर गनको प्रयोगका कारण सडक दुर्घटना न्यूनिकरणमा सफलता हात लागेको सुनसरी प्रहरीको भनाई छ ।

१९ शीर्षकमा ९० घटना

दशैंको अवधिमा सुनसरीमा विभिन्न १९ वटा शीर्षकमा ९० वटा अापराधिक घटना भएका छन् । जसमा हातहतियार खरखजाना- १, सार्वजनिक अपराध- १४, लागु औषध- १७, सवारी ज्यान- ४, ज्यान मार्ने उद्योग- ७ घटना रहेका छन् । यस्तै जबरजस्ती करणीका ९, जजक उद्योगका १, चोरी ११, जुवा २ , कर्तब्य ज्यान ६, कुटपिट २, ठगीका ३ वटा घटना दर्ता भएका छन् ।

बैंकिग कसुरमा २, सार्वजनिक शान्ति विरुद्धका कसुर ५ वटा र सार्वजनिक उपद्रयाइ तथा अभद्र व्यवहारमा ७ वटा मुद्दा दर्ता भएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्