विराटनगरकाे हनुमान मन्दिर निजकै धकेलेकाे निहुँमा यसरी गरे ६ बालकले राजेशको हत्या

विराटनगरकाे हनुमान मन्दिर निजकै  धकेलेकाे निहुँमा यसरी गरे ६ बालकले राजेशको हत्या

विराटनगर, ८ कात्तिक । भिडभाडका बिच धकेलेको आरोपमा एक युवालाई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत कात्तिक २ गते शुक्रवार विराटनगर महानगरपालिका ९ को हनुमान मन्दिर आसपासमा टिकाको दिन निक्कै भिड थियो । सबै टिका लगाएर बजारमा निस्किएका अनी आफन्तको जानको लागि कोसेली किन्नेहरु देखिएकाले पनि निक्कै भिड भएको हो । त्यही भिडका बिचमा धेरै प्रकृतिका ब्यक्तिहरुको उपस्थिती देखिन्थ्यो । केही युवा, केही किशोर किशोरी अनी बृद्ध बुबाआमा तथा अधिकांश प्रौढ उमेर समुहका ब्यक्तिहरु आफ्नै काममा ब्यस्त देखिन्थे । त्यही भिडभाडको बिचमा आएका थिए, बिराटनगर महानगरपालिका १४ जतुवाका १९ल बर्षिय राजेश भगत सहितका साथिहरु पनि आएका थिए । त्यस्तै भिडभाडमा नै थिए अन्य केही युवाहरु पनि । बजार घुम्ने क्रममा राजेश भगतलाई त्यही भिडभाडको बिचमा नचिनेका ८–१० जनाको समुहले भगतको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । धरिलो हतियार प्रहार पछि गम्भीर घाईते भएका भगतलाई तत्कालै कोशी अञ्चल अस्पताल लगिएको भएपनि उनको उपचारको क्रममा ज्यान गएको थियो ।

हत्या भए लगतै प्रहरीले खोजीको क्रममा २२ जनालाई सोही दिन पक्राउ गरेको थियो । सिसी क्यामेरा फुटेजको आधारमा प्रहरीले हत्यामा संलग्नहरुको पहिचान र हत्या गर्नुको कारणको बारेमा अनुसन्धान शुरु गरेको प्रहरीले हत्या हुनुको कारण दुई युवा समुह बिच धकेलाधकेल भएको जनाएको छ। मोरङका प्रहरी उपरीक्षक मनोज केसीले राजेश भगत सहितका युवा र विशाल सहनी, सविन कामत सहितका युवाहरु बिच धकेलेको निहुँमा शुरु भएको विवादबाट कामतको हत्या भएको बताए । उनीहरु बिचमा धकेला धकेल भएपछि सविन कामतलाई मृतक राजेश भगतले आक्रमण गरेको र त्यसको करिब १० मिनेट भित्र विशाल सहनी सहितको समुहले भगतमाथि धारिलो हतियार प्रहार गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताए । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा १८ बर्ष नाघेका १ जना विशाल सहनीलाई सार्बजनिक गरेको भएपनि अन्य ५ जना भने १८ बर्ष नपुगेकोले सार्बजनिक गरेको छैन । उनीहरुलाई बालबालिका सम्बन्धि कानुन आकर्षित हुने हुँदा बिशाललाई मात्र सार्बजनिक गरिएको केसीको भनाई छ । तत्काललाई ६ जनालाई पक्राउ गरिएको भएपनि अन्य २ जना सहित हत्यामा ८ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्