सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजा फडानी गरियो

सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजा फडानी गरियो

इटहरी कार्तिक ८ , सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजाका बोट प्रहरीले नष्ट गर्ने अभियान तीव्र तुल्याएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले स्थानीय इलाका प्रहरी कार्यालय समेतको सहयोगमा जिल्लाको गढी गाउँपालिका क्षेत्रको झोरा टोल र सत्तेरझोरा टोलका गाउँमा लगाइएको अवैध गाँजाका बोट फँडानी गरी नष्ट पारेको हो ।
इलाका प्रहरी कार्यालय दुहवीको सहयोगमा ती क्षेत्रमा लगाइएको अवैध गाँजाको बोट नष्ट गर्ने कार्यमा प्रहरी र स्थानीय जनप्रतिनिधिसमेतको सहयोग लिइएको बताइएको छ ।

कोशी गाउँपालिकाअन्तर्गतको विभिन्न गाउँमा लगाइएको तथा आफैँ उम्रिएका अवैध गाँजा पनि प्रहरीले फँडानी गरेर नष्ट गरेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । जिल्लाको अन्य स्थानमा भएका अवैध गाँजाका बोट प्रहरी र जनप्रतिनिधिको सहकार्यमा नष्ट गर्ने अभियानलाई तीव्र पारिने बताइएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्