नोकियाले भारतमै बनाउन थाल्यो ५ जी उपकरण

नोकियाले भारतमै बनाउन थाल्यो ५ जी उपकरण

कात्तिक ८, नयाँ दिल्ली (भारत) । फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले भारतमा ५ जी उपकरणको उत्पादन शुरु गरेको छ । कम्पनीको चेन्नईस्थित कारखानामा ३ जीपीपी ५ जी न्यू रेडियो रिलिट १५ स्ट्याण्डर्डमा आधारित न्यू रेडियो बनाउन थालेको हो । कम्पनीले भारतमा आईपी र अप्टिक्स उत्पादन पनि बनाउन थाल्ने बताइएको छ । चेन्नाईको उक्त कारखाना नोकियाको भारतस्थित सबैभन्दा ठूलो कारखाना हो । अहिले सो कारखानाबाट वार्षिक ४० लाख थान २ जी, ३ जी र ४ जी उपकरण निर्माण भइरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्