झापा, ९ कात्तिक । झापाको दमक नगरपालिका- ६ मा आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको छ । लोकनाथ सिग्देलको फलाम, टिनको छानो, टिनको बेरा भएको एक तले पार्किङ ग्यारेज र सोही ठाउँ बस्ने आनन्दकाजी श्रेष्ठको टिनको छानो, टिनको बेरा, भएको एक तले कपासको गोदाममा आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँ बस्ने राजेश तम्राकारको ग्यारेजमा पार्किङ गरी राखेको बा १७ च ३०९५ नम्बरको कार, ग्यारेज जलेर ३१ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी श्रेष्ठको गोदाम घर, कपास लगायत काठपात जलेर नष्ट हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ । अागाे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको थियाे । आगलागीको कारण भने खुल्न सकेको छैन ।