भेन्टिलेशनको रड काटेर इलाका प्रहरी कार्यालय मोरङबाट दुई कैदी फरार

<span class='c1'>भेन्टिलेशनको रड काटेर इलाका प्रहरी</span> <span class='c2'>कार्यालय मोरङबाट दुई कैदी फरार</span>

मोरङ, ९ कात्तिक । मोरङको इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट दुई अभियुक्त फरार भएका छन् ।

 

अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका १७ का मोहम्मद सदिफ हुसेन र मोहम्मद आरिफ फरार भएका हुन् । अभियुक्तद्वय गए राती थुनुवा कक्षको भेन्टिलेशनको रड काटेर फरार भएको मोरङ प्रहरीले जनाएको छ । असोज १ गते हराएका अस्फाकको असोज ७ गते विराटनगरको पैनीमा रहेको ह्युम पाइपभित्र शव भेटिएको थियो ।

अस्फाकको अपहरण गरी हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । हिरासतमा रहेका फरार भएपछि ड्युटीमा खटिएका प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । भारतीय सीमाबाट १ किलोमिटर दुरीमा रहेको प्रहरी कार्यालयबाट यसअघि पनि थुनामा रहेका फरार भएका थिए ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्