आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु

<span class='c1'>आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले</span> <span class='c2'>ठक्कर दिँदा  एक बालकको मृत्यु</span>

सप्तरी, ९ कात्तिक । आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले ठक्कर दिँदा शुक्रबार बालकको मृत्यु भएको हो।

सप्तरीको राजविराज–रुपनी सडक खण्डमा रहेको रुपनी गाउँपालिका वडा न. २ मा ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा राजविराज नगरपालिका-८ बस्ने गुणानन्द यादवका ५ वर्षीय छोरा शिवम कुमार यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।राजविराज नगरपालिका–९, मलेठमा रहेको  कालिका बोर्डिङ्ग स्कुलको विद्यार्थी ओसारिरहेको ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । रुपनी गाउँपालिकाको पौवामा रहेकाे घर गइरहेका बेला भ्यानबाट ओर्लिएका बालककी आमाले भ्यानको भाडा तिरिरहेका बेला हात छुटाएर बाटो काटने क्रममा बालकलाई बसले ठक्कर दिएको थियो । बालकको मृत्युपछि बेहोस भएकी आमा हिरादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यता मृतक बालकलाई पोष्टमार्टमका लागि त्यसै अस्पतालमा राखिएको छ। घटनालगत्तै बस छाडेर चालक फरार भएका छन् । बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बस चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयबासीले केही समय चक्का जाम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्