विषादीले ४४ घार मौरी मरे, २२ लाखको क्षति

<span class='c1'>विषादीले ४४ घार मौरी</span> <span class='c2'>मरे, २२ लाखको क्षति</span>

दाङ,९ कात्तिक । चराउन लगेको मौरीमा विषादी हालिदिँदा चितवनका एक किसानको ४४ घार मौरी मरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ का किसानको तोरीबारीमा राखिएका मध्ये ४४ घार मौरीको गोलामा अज्ञात व्यक्तिले विषादी हालिदिँदा २२ लाख रुपैयाँ बराबरको सम्पति क्षति भएको नेपाल मौरी पालक महासंघका वरिष्ठ उपाध्यक्ष दिपक  श्रेष्ठले बताए ।

मरेका मौरी र घार काम नलाग्ने भएपछि जलाइएको छ । चराउन राखिएको मौरीमा एकै पटक ठूलो क्षेति भएकाले दोषिलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पाउनु पर्ने पीडित किसानको माग छ ।

२०५७ साल यता दाङमा चराउन राखिएका मौरीमा  विषादी हालेर मारिदिने घटना चार पटक भैसकेका छन् । ती सबै घटनाका पीडित किसानले क्षतिपूर्ति नपाएको मौरी पालक किसानहरुको दुखेसो छ । दाङमा बाहिरी जिल्लाबाट झण्डै ५ हजार घार मौरी प्रत्येक वर्ष चराउन लैजाने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्