यान्त्रीकरणले माेरङका किसानलाई राहत, पुर्बमा धानको चक्र नै यन्त्रको प्रयोगबाट उत्पादन

<span class='c1'>यान्त्रीकरणले माेरङका किसानलाई राहत, पुर्बमा धानको</span> <span class='c2'>चक्र नै यन्त्रको प्रयोगबाट उत्पादन</span>

विराटनगर, १० कात्तिक ।
मोरङको बेलवारी नगरपालिका वडा नम्बर ९ डाँगिहाटमा धमाधम मेसिनले धान काट्दै छ । आजभन्दा करिब ३ महिना अगाडी यही ठाउँमा मसिनले नै धान रोपेको थियो । प्लान्टरको माध्यामबाट धान रोपिएको यहाँ धान गोड्नको लागि पनि मेसिन विडरको प्रयोग गरिएको थियो । जब धान काट्ने बेला भयो अनी यो काममा पनि मेसिनको प्रयोग गरिँदा अब धानको एउटा चत्र पुरा गर्नको लागि मजदुर नचाहिने भएको हो । धानको बेर्न उम्रेदेखि पाक्दासम्म मेसिनको सहायताले सबै काम गर्न सकिने भएपछि किसानपनि खुसी देखिएका छन् ।
बिगत केही दिन देखि यो खेतमा धान काट्ने काम कम्माईन हार्भेस्टर मेसिनको प्रयोग भएको छ । डाँगीहाटमा एकै ठाउँमा बहुमुखी कृषि फर्ममा ३० बिगाहा क्षेत्रफलमा धान लगाईएकोमा सबै धान रोप्ने देखि काट्नेसम्मको मेसिनको सहायताबाट भएको हो । मजदुर अभावको बेलामा मेसिनको प्रयोगले समयमा नै काम गर्न सकिने हुँदा मेसिनको प्रयोग प्रभावकारी भएको बहुमुखी कृषि फर्मका म्यानेजर खड्गबहादुर पौडेलले बताए ।
अहिले किसानले मेसिन आएपछि कामदार छैनन् भनेर बस्नु पर्नैै अबस्था नआएको उनका भनाई छ । ‘हामीले फर्ममा ३० बिगाहा धानखेती गरिएकोमा धान रोप्दादेखि नै मेसिनको प्रयोग गरेका हौ, उनले भने, गोड्दा र अहिले काट्दासम्म मजदुरको कुनै प्रयो भएको छैन, मेसिनको प्रयोग गर्दा ४० प्रतिशत लागत घट्छ ।’
धान रोपाईमा मानिसले काम गर्दा प्रति विहागा १२ हजार लागत आउँछ भने मेसिनको सहयोगबाट रोप्दा ६ हजारमा नै रोपिने, गोडाईमा बिगाहाको सरदर १२ हजार नै लाग्नेमा मेसिनबाट ५० प्रतिशत कममा गर्न सकिने र कटाईमा भने मान्छे लगाएर काम गर्दाभन्दा ३० प्रतिशत कममा कटाई हुने पौडेलले बताए ।
बिगत २ बर्ष देखि मेसिनको प्रयोग गरि रोपाई देखि कटानसम्मको सबै काम गर्दै आएका उनले कम्माईन हार्भेस्टरको प्रयोग गरी धान कटान गर्दा प्रति घण्टा ६ हजार मेसिनको तिर्नु परेको बताए । कात्तिक महिना भरी एक बिगाहा धान काट्न डेढ घण्टा लाग्ने गरेको भएपनि मंसिरदेखि भने खेतका गह्रामा हिलो नहुने र धान काट्न सजिलो हुने भएकोले मेसिनले प्रति बिगाहा १ घण्टा १० मिनेटमा सिध्याउने गरेको नेपाल कृषि कम्पनीका म्यानेजर विवेकानन्द झाले बताए ।
नेपाल कृषि कम्पनीको प्राबिधिक सहयोगमा किसानलाई खेतीमा प्राबिधिक ज्ञान तथा सिपसँगै कृषि कम्पनी आफैले पनि फर्मको रुपमा सुनसरी मोरङमा धान, मकै, गहुँ, माछा लगायतमा मेसिनरी औजारको प्रयोग गर्दै काम भएको उनले सुनाए ।
धान बिज्ञ डा. राजेन्द्र उप्रेतीले किसानले अब मजदुर पाईएन भन्ने दिन सकिएको बताए । आँट मात्र हुने हो भने प्रसस्तै खेती एकजनाको भरमा गर्न सकिने उनको तर्क छ । धानमा भित्रिएका नयाँ नयाँ यन्त्र–उपकरणको सही प्रयोगले किसानलाई राहत दिनेमा उनी ढुक्कक छन् । (प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्