तार सर्ट भई आगलागी हुँदा ८ लाखको क्षती

तार सर्ट भई आगलागी हुँदा  ८ लाखको क्षती

भोजपुर, ११ कात्तिक । भोजपुरको हतुवागढी ६ स्थित होमताङमा सोलारको तार सर्ट भई आगलागी भएको छ । थाम बहादुर राईको घरमा सोलारको तार सर्ट भई आगलागी हुदा फुसको छानो भएको २ तले दुई वटा घर जलेर पुर्ण रुपमा नष्ट हुनुका साथै घर भित्र रहेको नगद १२ हजार, सुन २ तोला, अन्नपात, लत्ताकपडा, भाडा बर्तन समेत जल्दा करिब ८ लाख ४ हजार बराबरको क्षती भएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा अागाे नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्