विष खुवाएर आमाले गरिन् अाफ्नै छोराको हत्या

<span class='c1'>विष खुवाएर आमाले गरिन्</span> <span class='c2'>अाफ्नै छोराको हत्या</span>

दैलेख, ११ कात्तिक । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् ।

आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको हो ।अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बालक आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ ।उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ । कल्पनाका श्रीमान सुजन नेपालीले दिनहुँजसो श्रीमतीलाई मदिरासेवन गरी कुटपिट गर्ने हुँदा कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विषसेवन गराएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।  शनिबार बिहान पनि कल्पना र उनका श्रीमान सुजन नेपालीको सामान्य झगडा परेको र श्रीमान घरबाट बाहिर निस्किएपछि घटना घटेको प्रहरीले जनाएको छ ।घटना शनिबार दिउँसो २ बजेतिर भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरुले उडुस मार्ने विषादी प्रयोग गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्