मालपोत कार्यालय इनरुवामा आजबाट अनलाइन सेवा, लेखापढी व्यवसायी आन्दोलनमा

मालपोत कार्यालय इनरुवामा आजबाट अनलाइन सेवा, लेखापढी व्यवसायी आन्दोलनमा

इनरुवा,कार्तिक ११ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा अनलाइन सेवा सुरु भएको छ । मालपोत कार्यालय इनरुवाले आजबाट अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अनलाइन सेवाको शुुभारम्भ गर्नुृभएको हो । सेवा प्रारम्भ हुने सुनसरी मुलुककै ३८औं कार्यालय बनेको छ । उद्घाटन सत्रमा महानिर्देशक मुक्तिप्रसाद आचार्य सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीका साथै इनरुवा नगरपालिका प्रमुख राजन मेहता सहितका स्थानीय तहका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा सचिव मैनालीले अनलाइन सेवा आधुनिक समयसँगैको प्रविधिमैत्री प्रणाली भएको बताउनुभयो । नयाँ ब्यवस्था लागुभएसँगै सेवा प्रवाहको प्रभावकारितासँगै छिटो र छरितोपनाले विचौलिया प्रथाको अनत्य हुने र जनताको पहुँच सोझै कार्यालयसम्म पुग्ने हुँदा सेवामा प्रभावकारिता आउनुका साथै विश्वसनियता बढ्ने हुँदा अनलाइन सेवा विश्वसनीय र जनतामाझ प्रभावकारी हुने मैनालीको ठहर छ ।

 

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भने अनलाइन सेवा सुरु गर्नु जायज भएपनि स्थानीय तहमा छलफल नगरी लागु गर्दा आइपर्ने कठिनाईले समस्या निमत्याउने तर्फ सजग रहन आवश्यक रहेको धारणा राख्नु भएको थियो । अनलाइन सेवा सञ्चालनमा आएसँगै मातपोतमा हुने डाटा इन्ट्री अब सोझै अनलाइन मार्फत कमप्युटर सफ्टवेयरमा अपडेट हुने छ ।

अनलाइन सेवा लिनका लागि सर्वसाधारणले मन्त्रालयको वेभसाइट www.molrm.gov.np वा  www.dolrm.gov.np लगअन गरी आफुलाई चाहिने अनुसूची फारम डाउनलोड गरी भरेर सोझै कार्यालय प्रयोजनमा जान सक्ने छन् । कार्यालय हातामा अनलाइन सेवा प्रारम्भ गरिरहँदा परिसर बाहिर भने बाक्लो सुरक्षा तैनाथ गरिएको थियो । अनलाइन प्रणाली लागु गरिँदा यसअघिनै छापिएका ६० हजार बढी कागजी अनुसुची फारम बेकामे हुनेहुँदा त्यसबाट हुनजाने क्षतिको जिम्मेबारी लिनुपर्ने भन्दै नेपाल लेखापढी कानुन व्यवसायीले पेन डाउन सहित आन्दोलन थालेका छन् ।

 

कार्यालय प्रमुखलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका कानुन व्यवसायीहरुले अनलाइन रजिष्ट्रेशन मुलुकी देवानी कार्यविधि संहिता विपरित हुन जाने भन्दै स्थगनको माग गरेका छन् । लेखापढी व्यवसायीहरुले काठमाडौं, झापा लगायतका मालपोतमा सञ्चालनमा रहेको प्रकृया इनरुवामा भने लागु नगरिनु आफुहरुका लागि अमान्य हुने भन्दै आन्दोलनमा उत्रनुको विकल्प नभएको बताएका छन् । व्यवसायीहरु काम ठप्प पारी हड्तालमा उत्रिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्