विराटनगरबाट शुरु भयो प्रदेशमा समुदाय-प्रहरी समझदारी कार्यक्रम ! यस्ताे छ अभियान

विराटनगरबाट शुरु भयो प्रदेशमा समुदाय-प्रहरी समझदारी कार्यक्रम ! यस्ताे छ अभियान

विराटनगर, ११ कात्तिक ।
विराटनगरबाट आज देखि एक नम्बर प्रदेशमा अभियानको रुपमा समुदाय प्रहरी समझदारी कार्यक्रम शुरु भएको छ । बिराटनगरमा रहेको आदर्श माध्यामिक बिद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईद्धारा गमलामा पानी हाली अभियानको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार लागि परेका बताएका छन् ।
मुख्यमन्त्री राईले आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताएका हुन् । सुशासन र शान्ति कायम गरेर विकास र समृद्धि ल्याउन सकिने उनको भनाई छ । मुख्यमन्त्री राईले भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रदेश सरकारको चाहनालाई पूरा गर्न जनताको जिम्मेवारी समेत रहेको भन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमको पूर्णरुपमा कार्यान्वय हुने विश्वास ब्यक्त गरे । अपराध र हिंसा रोक्न समुदाय र प्रहरी साझेदारी कार्यक्रमले बल पु¥याउने भन्दै उनले प्रदेश सरकार गम्भीर एवं संवेदनशील रहेको बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले समुदाय र प्रहरी साझेदारी कार्यक्रमबाट शान्तिसुरक्षा र सुशासन कायम हुनेमा जोड दिए । प्रदेशको विकासमा सुशासन पहिलो प्राथमिकता रहेको भन्दै त्यसको लागि यो अभियानको भुमिका महत्वपुर्ण हुने बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रहरी र समुदाय एक अर्काको पूरक भएको चर्चा गर्नुभयो ।
यसरी प्रहरी र समुदाय बिचको साझेदारीको खाँचोको बारेमा जानकारी दिँदै प्रदेश प्रहरी प्रमुख केदार रिजालले अपराधको बेलैमा पहिचान गरी समाधानको उपाय खोज्न समुदाय र प्रहरी साझेदारी कार्यक्रम फलदायी हुने बताए । एक नम्बर प्रदेशका १३७ स्थानीय तहका हरेक टोल र वडामा समुह गठन गर्दै गाउँपालिका तथा नगरपालिका स्तरमा पनि समिति निर्माण गरी कार्यक्रम गरीने रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्