किमाथांका –विराटनगर– जोगवनी सडकको भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी

किमाथांका –विराटनगर– जोगवनी  सडकको भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी

संखुवासभा, ११ कात्तिक। त्रिदेशीय लिकंरोड किमाथांका जोगवनी सडकको किमाथांका –विराटनगर– जोगवनी सडकको भिर फुुटाउने जिम्मा सेनालाई दिईने भएको छ । छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक किमाथाङ्का–विराटनगर– जोगवनी सडकको भिर फुुटाउने जिम्मा दिने अन्तिम तयारी भएको उत्तर दक्षिण कोशी सडक आयोजना प्रमुख पशुपति ज्ञवालीका जानकारी दिए । निर्माण कार्यले गति लिन नसकेपछि ठुला चट्टान रहेको भिर फुटाउने जिम्मा सेनालाई दिने तयारी भएको हो ।त्यस क्षेत्रमा ठूला–ठूलो चट्टान भएका सडक निर्माणको काम नेपाली सेनालाई दिने प्रकृया अन्तिम चरणमा रहेको आयोजना प्रमुख ज्ञवालीको भनाइ छ । किमाथांका जोडिन बाँकी रहेको २३ किलोमिटर मध्ये ठुला चट्न भएको क्षेत्र करिब १५ किलोमिटर भएकाले त्यस क्षेत्रको कार्य सेनालाई नै दिने तयारी भएको प्रतिनिधि सभाका सांसद् राजेन्द्र गौतमको जानकारी दिए ।

यहि वर्षभित्रमा किमाथाङका गाडिमा जान सकिने बनाउनका लागि जटिल खण्डको जिम्मा सेनालाई दिन लागिएको सांसद् गौतमको बताए । उनले भने ‘विस्फोटक पदार्थ खरिद गरेर भीरको चट्टान फुटाउने प्रकृयाको लागि नेपाली सेनासंग कुरा भएको र सो प्रकृया अन्तीम चरणमा पुगेको छ ।’ समयमा काम सम्पन्न गर्न लागि सेनालाई दिनको विकल्प नरहेको सांसद् गौतमले बताए ।

यहि आर्थिक वर्ष भित्र खाँदबारी किमाथांकामा गाडी गुडाउने योजना लिएर अघि बढाई, बजेटको व्यवस्था गरेर सडक जोड्ने योजना छ । आयोजना प्रमुख ज्ञवालीका अनुसार चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ ।

कडा चट्टान भएको भीर भएकाले यो १५ किलोमिटर सडक खण्डमा विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्ने उनको भनाई छ । सिम्बुङ हटिया खण्डको ट्रयाक खोल्ने, बरुण सिम्बुङको रेखांकन विवाद, अलैंची तथा गुम्बा क्षेत्रमा देखिएको समस्या समाधान गरेर सडक निर्माणको काम अघि बढीसकेको उनले बताए । सिन्धुपाल्चोकबाट तिव्वत हुँदै डोजर र ईन्धन ल्याएर किमाथांकाबाट १४ किलोमिटर ट्रयाक खोलेपनि डेढ वर्ष अघिबाट निर्माण कार्य ठप्प छ ।

त्रीदेशीय लिंक रोड (भारत, नेपाल र चीन) निर्माण गर्न यस आर्थिक बर्षका लागी केन्द्रिय सरकारबाट ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उत्तर दक्षिण (कोसी) सडक आयोजनाले खाँदबारी–किमाथाङ्का सडकको स्तारउन्नती र ट्रयाक खोल्ने काम गरिरहेको छ । बिराटनगरबाट किमाथांका सम्मको दूरी ३ सय ९० किलोमिटर छ । संखुवासभा जिल्लामा पर्ने प्रदेश नं. १ को मूख्य व्यापारिक मार्गको रुपमा हेरिएको त्रिदेशीय लिंक रोड विभिन्न कारण देखाउँदै ट्रयाक खोल्ने कामले पुर्णता पाएको छैन । सडक कार्यालयले किमाथांका–हटिया र खाँदबारी–हटिया दुईतिरबाट सडक खनिरहेको छ । सडक निर्माणका लागि हाल सम्मको २ अर्व ३९ करोड बजेट मध्ये २ अर्व ११ करोड भने खर्च भईसकेका सडक आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्