विराटनगर-विराटचोक सडक खण्डमा एम्बुलेन्स अनियन्त्रित हुदा एक जनाको मृत्यु

<span class='c1'>विराटनगर-विराटचोक सडक खण्डमा एम्बुलेन्स अनियन्त्रित</span> <span class='c2'>हुदा एक जनाको मृत्यु</span>

बिराटनगर कार्तिक ११ , मोरङको सुन्दरहरैंचा–१ पचामस्थित विराटनगर विराटचोक सडक खण्डमा एम्बुलेन्स आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को १ च ४०१८ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा एम्बुलेन्समा सवार उदयपुर रिस्कु–३ को २८ वर्षीय सुरज दनुवार रहेका छन्।

दुर्घटनामा परी घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी एम्बुलेन्स चालक मोरङ कटहरी–७ थालाहाका श्रीधर न्यौपाने सामान्य घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्