प्रदेश २ मा ‘हेल्लो सिएम’ मोबाइल एप सार्वजनिक

<span class='c1'>प्रदेश २ मा ‘हेल्लो</span> <span class='c2'>सिएम’ मोबाइल एप सार्वजनिक</span>

जनकपुरधाम  कात्तिक ११,: प्रदेश २ मा अपराध न्यूनीकरणका लागि ल्याइएको ‘हेल्लो सिएम’ एप सार्वजनिक गरिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आइतबार आयोजना गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमको उद्दघाटन समारोहमा मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले हेल्लो सिएम एप सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री राउतले बढदै गएको महिला हिंसासम्बन्धी घटनालाई न्यूनीकरण गर्न उद्देश्यका साथ ‘हेल्लो सिएम’ एप ल्याइएको र यसले महिला हिंसाको घटनालाई प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले एपबारे ग्रामीण स्तरसम्म जानकारी गराउने गरी सचेतनामूलक कार्यक्रम संचालन गरिने समेत जानकारी दिए। मुख्यमन्त्री राउतले भने, ‘यो हेल्लो सिएम एपमा कुनै पनि व्यक्तिले आफ्नो गाउँघर, टोल छिमेकमा भएको घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ।’ एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरी एपलाई अन गरेपछि आफ्नो मोबाइल तीन पटक हल्लाउँदा नजिकको प्रहरी कहाँ इमरजेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत जाने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी गराए।

साे मोवाइल एप सार्वजनिक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्