फिजियोथेरापीले नभएपछि प्रदेश १ का मुख्यमन्त्री राई उपचारकाे लागि थाईल्याण्ड जाने

<span class='c1'>फिजियोथेरापीले नभएपछि प्रदेश १ का मुख्यमन्त्री</span> <span class='c2'>राई उपचारकाे लागि थाईल्याण्ड जाने</span>

विराटनगर, १२ कात्तिक ।
एक नम्बर प्रदेश मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई तीन विधेयक तयार गर्न शैद्धान्तिक स्वीकृती दिएको छ । यसरी सैद्धान्तिक स्वीकृती पाएको विधेयकमा प्रदेश सामाजिक सुरक्षाको व्यवस्था गर्ने सम्बन्धि विधेयक, वालवालिका सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धि विधेयक रहेको छ । तिनवटै विधेयक सामाजिक विकास मन्त्रालय अन्तरगत रहेकोले विधेयकको लागि बाटो खुलेको हो । यस्तै गतबर्ष चैत्र ६ गते पुर्वसांसद रेवतिरमण भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रदेश कानुन मस्यौदा सुझाव समितिको म्याद छ महिनाका लागि थप्ने मन्त्री परिषदले निर्णय गरेको छ । छ महिनाका लागि बनाइएको उक्त समितिको म्याद असोजमै सकिएको हो ।
मुख्यमन्त्री थाईल्याण्ड जाने
घाँटी दुख्ने समस्याबाट लामो समयदेखि समस्यामा रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उपचारका लागि थाइल्याण्ड जान प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले स्वीकृति दिएको छ । कात्तिक १६ देखि २४ गतेसम्म उपचारका जान मुख्यमन्त्री राई थाइल्याण्ड जान लागेका हुन् ।
श्रोतका अनुसार मुख्यमन्त्री राईको उपचारका लागि थाइल्याण्ड जाने कार्यक्रम पहिल्यै तय भइसकेको थियो । प्रदेश सरकारले आइतबार औपचारिक रुपमा भ्रमण स्वीकृत गरेपछि अव पुनः मुख्यमन्त्री राईले संघीय सरकारबाट विदेश जानुपर्दा लिनुपर्ने भ्रमण अनुमति लिनु पर्नेछ ।
मुख्यमन्त्री राईलाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदा लामो समयसम्म बसिरहँदा घाँटी दुख्ने र टाउको हल्लाइरहन्थे ।
यसअघि उनले काठमाडौंमै घाँटीको उपचार गराएपनि निको नभएपछि थाइल्याण्ड जान लागेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार मुख्यमन्त्रीको थाइल्याण्ड यात्रा व्यक्तिगत हुनेछ ।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धि ऐनको दफा ७ मा मुख्यमन्त्रीले विदेशमा गएर समेत उपचार गर्न सक्ने व्यवस्था छ । त्यसरी उपचारमा जाँदा मेडिकल बोर्डको सिफारिसमा नेपाल सरकारको सहमति लिएर गएमा प्रदेश सरकारले तोकेको उपचार खर्च पाउने व्यवस्था छ । तर मुख्यमन्त्री राई आफ्नै खर्चमा थाइल्याण्डमा उपचारका लागि जान लागेको जनाइएको छ । थाइल्याण्ड जानकालागि मात्रै प्रदेश मन्त्रीपरिषद्ले स्वीकृति दिएको सुवेदीले जानकारी दिए ।
मुख्यमन्त्री राईले एकमहिना अघिमात्रै एक सातासम्म काठमाडौंमा बसेर घाँटीको फिजियोथेरापी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्