धनकुटाकाे डम्पिङ साइट, जहाँ छिर्न पैसा तिर्नुपर्छ

<span class='c1'>धनकुटाकाे डम्पिङ साइट, जहाँ</span> <span class='c2'>छिर्न पैसा तिर्नुपर्छ</span>

धनकुटा, १२ कात्तिक। फोहोर फ्याँक्ने डम्पिङ साइट भन्नेबित्तिकै त्यो ठाउँमा प्रायः कोही पनि जान चाहँदैनन् । अझ फोहोर थुपार्ने ठाउँ हेर्न जान पैसा तिर्नुपर्छ भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा भने पैसा नतिरी छिर्नसमेत पाइँदैन ।केन्द्रमा गरिएको फोहोर व्यवस्थापन र फोहोरमाथि बनाइएको सुन्दर फूलबारीमा भ्रमण गर्न शुल्क तिर्नुपर्ने हुन्छ । धनकुटा सदरमुकामको कचिडेमा रहेको यो केन्द्रमा नगरबाट दैनिक १६ टन फोहोर सङ्कलन हुन्छ । सङ्कलित ठोस फोहोर छानेर प्रतिकिलो ३ सय देखि ७ सय रुपैयाँसम्ममा बेचिन्छ, कुहिनेचाहिँ कम्पोष्ट मल बनाइन्छ । फोहोरबाटै ग्यास उत्पादन गर्ने अभ्यास पनि भइरहेको छ ।

फोहोरमाथि बनाइएको सुन्दर बगैंचामा बेलाबखत क्लब, समूह र कार्यालय प्रमुखको बैठक सञ्चालन हुन्छ । घुम्न आउनेहरूको भीड उस्तै हुन्छ । फोहोर व्यवस्थापनको समस्या झेल्दै आएका मुलुकका विभिन्न ठाउँबाट फोहोर तह लगाउने यस्तो तरीका हेर्न र बुझ्न धनकुटा पुग्ने गरेका छन् । मानिसहरूको चाप बढेपछि नगरपालिकाले २०७४ फागुन २९ गते निर्णय गरेर प्रवेश शुल्क लिन शुरू गरेको नगरको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।

व्यक्तिलाई निःशुल्क भए पनि समूहमा प्रवेश गर्र्ने र अवलोकन तथा भ्रमणमा आउनेहरूलाई ५ हजार रुपैयाँ शुल्क लिने गरेको खनालले बताए । शुल्क निर्धारणपछि हालसम्म ८ महीनाको अन्तरालमा १ लाख २५ हजार राजस्व सङ्कलन भएको खनालले जानकारी दिए । २०६६ मा सरकारको ३ करोड लगानीमा बनेको यस डम्पिङ साइटको सहयोगमा धनकुटा बजार नेपालकै सफा शहर घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्