उदयपुर, १२ कात्तिक । उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार धान दाईँ गर्न आँगन लिप्नका लागि माटो लिन जाँदा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको हो । सँगै माटो खन्न गएका सम्झनाका बुवा तिलक चौधरी सामान्य घाइते भएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक गजमेरले बताए ।