विराटनगर, १२ कात्तिक ।
विराटनगर महानगरपालिकाको मुख्य सडक महेन्द्र चोकसँगै रहेको हिमालय रोडमा आज दिनभरी ढलको पानी सडकमा निस्कँदा सर्बसाधारणलाई सास्ती भयो । ढल तथा नालाको सही ब्यवस्थापन नगर्दा बिराटनगरका धेरै ठाउँमा ढल तथा नाली फुटेर सडकमा निस्कने गरेको छ । विराटनगर महानगरपालिकाको मुटुमा यसरी ढल तथा नाली फुट्दा महानगरपालिका के हेरेर बसेको छ ? भन्दै आफ्नो फेसबुक स्टाटसमा विराटनगरमा रहेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले फोटो सार्बजनिक गरेका हुन् । उनले फोटो सार्बजनिक गदै महानगरपालिकालाई ब्यङग्य समेत गरेका छन् ।