कपिलवस्तु, १२ कात्तिक । कपिलवस्तुकाे जङ्गलमा टिप्पर र बस एक आपसमा आपसमा ठोक्किँदा ठक्कर तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते सबैलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरी उपरीक्षक रवि रावलले बताउनु भयो ।दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशाबाट आएको लु २ ख १४ ७७ नम्बरको टिप्पर एक आसमा ठोक्किएको थियो । टिप्परको ठक्करबाट बसको आगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ ।