ताप्लेजुङ, १३ कात्तिक । मुलुकी देवानी संहिताअनुसार यहाँ पहिलोपटक पुरुषको निवेदनमा सम्बन्ध विच्छेद भएको छ ।
फुङलिङ नगरपालिका ७ का अमृतबहादुर लिम्बूले श्रीमतीसँग सम्बन्ध विच्छेदको निवेदन दिएका थिए ।
उनलाई जिल्ला अदालत ताप्लेजुङले सम्बन्ध विच्छेद गरिदिएको हो । जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले सोमबार ६२ वर्षीय लिम्बूको मागअनुसार ५६ वर्षीया पृथीमाया लिम्बूसँग सम्बन्ध विच्छेदको निर्णय गरेको स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । अमृतले सम्बन्ध विच्छेदका लागि भदौ १९ गते रिट दायर गरेका थिए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।