प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेकाे उहाँकाे उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । अाज बिहानसम्ममा उहाँकाे खोकीमा कमी अाएकाे र अवस्था खासै चिन्ताजनक नरहेकाे उपचारमा संलग्न चिकित्सक डा. सन्तकुकार दासले जानकारी दिनुभयाे ।

चिकसत्सकका अनुसार दशैँकाे बेला बढी धपेडीका कारण प्रम ओलीकाे स्वास्थ्य समस्या बल्झिएकाे हाे । मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले अन्य मानिसको तुलनामा बढी ‘रेस्ट’ गर्नुपर्ने भए पनि बेलैमा ध्यान नदिँदा यो अवस्था आएको चिकित्सकको भनाइ छ ।

 

स्वास्थ्यका हिसाबले सधैं चिकित्सकीय सेवा लिइरहनु पर्ने अवस्थामा रहनुभएका ६७ वर्षे प्रधानमन्त्री ओलीलाई दसैंको टीका लगाइदिने बाध्यताले झनै समस्यामा पारिदिएकाे हाे । दसैंको टीका लगाउने बेला बढी धपेडी तथा भीडभाडसँग सम्पर्क भएकै कारण सुरु भएको रुघाखोकीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या अाएकाे चिकित्सककाे भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई कम्तिमा तीन दिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीमा संक्रमण र शरीरमा ‘सुगर’को मात्रा बढेका कारण प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलार्इ त्रिवि शिक्षण अस्पताल अन्तरगत मनमाेहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा साेमबार बिहानै भर्ना गरिएकाे थियाे ।

प्रधानमन्त्री अस्पताल भर्ना भएपछि साेमबार दिनभरि नै उहाँकाे स्वास्थ्य अवस्था बुझ्न अाउने नेता तथा सर्वसाधारणकाे अस्पतालमा भीड लागेकाे थियाे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरु र नेकपाका नेताहरुले शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

सोमबार साँझ ६ बजे अस्पतालले प्रधानमन्त्री ओलीको पछिल्लाे स्वास्थ्य अवस्थावारे जानकारी दिएकाे थियाे । साे जानकारीअनुसार परीक्षणका रिर्पोट सुधारोन्मुख  र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको थियो । अाज पुन: १० बजे पत्रकार सम्मेलन गरी उहाँकाे स्वास्थ्य अवस्थाबारे थप जानकारी दिने अस्पतालकाे तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्